0
Shares
काठमाडौं । सोमबार विहान सुनकोशी नदीमा कार खसेको छ। फिक्कल गाउँपालिका २ नवलपुर भन्ने ठाउँमा विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा कार नदीमा खसेको हो।
कारभित्र कति यात्रुहरू थिए भन्ने यकिन छैन। घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले जानकारी दिए।
‘कार खसेकोबारे विस्तृत विवरण आइसकेको छैन। प्रहरीको टोली भर्खर घटनास्थलमा पुगेको छ,’ डिएसपी श्रेष्ठले भने।