विदेशीको क्रिडाभूमि बन्नबाट देशलाई जोगाउने चुनौती छ : नेपाल

0 Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले देशको अस्तित्वको रक्षा सबैभन्दा ठुलो चुनौतीका रूपमा रहेको बताएका छन् । २९औँ तुलसीलाल स्मृति दिवसका अवसरमा आइतबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले देशको स्वाभिमान बचाउने कुरा अहिले प्रमुख रूपमा मुखरर भएको बताएका हुन् ।

‘विदेशीको क्रिडाभूमि बन्नबाट देशलाई जोगाउने चुनौती हाम्रो सामुमा छ’ नेता नेपालले भने, ‘हाम्रो देश कुनै देशको पछि लाग्न चाहँदैन, कसैको अधीनमा पनि रहन चाहँदैन । कसैको विरोधमा पनि जान चाहँदैन सबैसँग मैत्रीभाव राख्दछ ।’

नेता नेपालले नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र सङ्घीयतालाई जोगाउनुपर्ने जिम्मेवारी रहेको बताए । त्यसक्रममा उनले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध लोकतन्त्रका लागि तुलसीलालले खेलेको योगदानको चर्चा समेत गरे ।

सम्बन्धित समाचार