मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

0 Shares

झापा । जिल्लाको बाह्रदशी गाउँपालिका ३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

बिहीबार दिउँसो करिब १ः३५ बजे घोडामाराबाट राजगढतर्फ जाँदै गरेका बाह्रदशी गाउँपालिका ३ का ५० वर्षीय प्रेमबहादुर पौडेल सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको प्र-१-०१-०१९ प २६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि निजको उपचारकै क्रममा राति करिब ८ः३० बजे बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका ४ चकचकीका ३० वर्षीय कुन्दन गणेश पनि घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार