0
Shares
जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला (सीडीओ) अधिकारी प्रेमप्रसाद लुइँटेलले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणसँग अपिल गरेका छन् ।
लुइँटेलले आज फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति सुरक्षामा आँच पुर्याउने भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न अपिल गरेका हुन् ।
सुनसरी जिल्लाको देवानगञ्जबाट सुरु भएको विवादले दुःखद् घटनाको रूप धारण गरेकामा चिन्ता व्यक्त गर्दै प्रजिअ लुइँटेलले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, युवा तथा सर्वसाधारणलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरे ।