कुलमान र हितेन्द्रमाथि छानबिन हुँदै, अनियमितता गरेको आशंका

0 Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगतमा खरिद भएका ट्रान्सफर्मरमा अनियमितामाथि आशंका राख्दै छानबिन समिति गठन भएको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले विगतमा प्राधिकरणको खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजनामा देखिएका विवाद तथा उजुरीहरूको अध्ययन गर्न एक उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले सञ्चालक समिति सदस्य शम्भु केसीको संयोजकत्वमा छानबिन समिति बनाएको हो ।

समितिमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहने छन् । प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशकले सदस्यसचिवको भूमिका निर्वाह गर्ने छन् ।

यो समितिले विशेष गरी प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको कार्यकालमा भएका ट्रान्सफर्मर खरिद प्रक्रियालगायत विषयलाई विस्तृत अनुसन्धान गर्ने भएको छ ।

प्राधिकरणमा पछिल्लो १० वर्षमा करिब दुई कार्यकाल कुलमान र बाँकी समय शाक्यले नेतृत्व सम्हालेका थिए ।

सम्बन्धित समाचार