सुनचाँदीको मूल्यमा उतारचढाव, कुनको कति पुग्यो?

0 Shares

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा सुन तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यता अजा चाँदीको मूल्य भने बढेको छ । आज एक तोला चाँदीमा १० रुपैयाँले बढेको हो । जसअनुसार आज चाँदीको मूल्य तोलाको चार हजार ३२० कायम भएको छ । अघिल्लो दिन एक तोला चाँदीको मूल्य चार हजार ३१० रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार