0
Shares
कञ्चनपुर । श्रीमान् रणबहादुर सुनारले श्रीमतीको ज्यान लिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार ४२ वर्षीया पारु सुनार मृत्यु भएको हो ।
उनका श्रीमान् रणबहादुर ४५ वर्षीयको कुटाइबाट बिहीबार पारूले ज्यान गुमाएकी हुन् । कुटपिटबाट घाइते भएकी पारु र कुटपिट गर्ने सुनार दुवै जनालाई उपचारका लागि बुधबार दोधाराचाँदनीस्थित नगर अस्पताल लगिएको थियो ।
प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।