0
Shares
काठमाडौं । आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलाको २ लाख ८५ हजार २०० रुपैयाँ पुगेको छ । हिजो बुधबार २ लाख ८४ हजार ८०० रुपैयाँ थियो ।
तोलाको ९० रुपैयाँले घटेर चाँदीको भाउ ४ हजार ३२५ रुपैयाँ कायम भएको छ । हिजो बुधबार एक तोला चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ थियो ।