बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको पनि निधन

0 Shares

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहानै आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ ।

आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका उनलाई तत्कालै प्रहरीले उद्धार गरी वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको केहीबेरअघि मात्रै निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो । उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको थियो । उनी श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका थिए ।

यसअघि बिहीबार दिउँसो त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका गणेश नेपालीको शुक्रबार बिहान निधन भएको थियो ।

सम्बन्धित समाचार