सुनचाँदीको मूल्यमा गिरावट कायमै, आज कति पुग्यो?

0 Shares

काठमाडौं । साताको दुई दिन आइतबार र सोमबार लगातार घटेको सुनचाँदीको मूल्य थप गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँ घटेर दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा ९०० रुपैयाँ घटेर सुनको मूल्य तोलाको दुई लाख ८९ हजार ४ सय कायम भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि आज तोलामा २० रुपैयाँ घटेको छ । योसँगै आज सुनको मूल्य तोलामा चार हजार ५५५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार