0
Shares
काठमाडौं । संसदको गतिरोध अन्त्य गर्न आवश्यक राजनैतिक सहमतिसहित संसदिय समिति गठन र समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।
उक्त अवसरमा कार्यदल संयोजक तथा कानून मन्त्री पदम गिरीले प्रधानमन्त्रीको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपूर्ण नेतृत्वको कारण कार्यदलले सही रूपमा काम गर्न सकेको बताउँदै जिम्मेवारी प्रदान गरेको जानबारी दिए ।
त्यस्तै, प्रधानमन्त्रीले आफ्नो भूमिकालाई कुशलतापूर्वक पूरा गरेकोमा कार्यदल संयोजकसहित सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।
कार्यदलमा कानून मन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा महेश बर्तौला, जीवन परियार र शिशिर खनाल सदस्य रहेका छन् ।
यस्तो छ छानबिन हुने सहकारीको नामहरू

