रास्वपाको अनुशासन आयोग प्रमुखमा पौडेल

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई मनोनित गरेको छ।
पार्टीका केन्द्रीय सहमहामन्त्री हरि ढकालका अनुसार कास्की निवासी पौडेल उच्च अदालतका पूर्वन्यायाधीश हुन्। उनलाई अनुशासन आयोगको प्रमुख बनाउने प्रस्ताव पार्टी सभापति रवि लामिछानेले बैठकमा पेश गरेका थिए।
ढकालका अनुसार बैठकले निर्वाचन आयोग र लेखा आयोगमा भने साविककै टोलीलाई निरन्तरता दिने निर्णय गरेको छ। रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको पहिलो बैठकले पार्टीका विभिन्न सङ्गठनात्मक संरचनालाई पूर्णता दिने क्रममा उक्त निर्णय गरेको हो।

सम्बन्धित समाचार