पार्टी बैठकमा प्रचण्डले भने– अहिलै छोड भोलि छोड भन्न जरुरी छैन

0 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूहरूलाई पार्टी नेतृत्व ‘अहिले छोड, भोलि छोड’ भन्न पनि जरुरी नभएको बताएका छन् । सोमबार आयोजित केन्द्रीय कमिटीको जुम बैठकमा उनले त्यसो भनेका हुन् । उनले ‘कोही उत्तेजित र भावनात्मक पनि नहोऔँ’ भन्दै नेतृत्वविरुद्ध नबोल्न आग्रह गरेका छन् । ‘नयाँ नेतृत्व स्थापित गर्ने हो, युवाहरूलाई ५० प्रतिशत त्यसै भनेको होइन, हामी पुनर्गठन गर्छौँ’, उनले भने ।

त्यसका लागि आफूहरूले नयाँ तरिकाबारे हामी सोच्दै रहेको र केन्द्रीय सदस्यहरूलाई पनि सकारात्मक रूपमा सोच्नु उनले आग्रह गरे । उनले भने, ‘हामी आफैँ पुनर्गठन भनिरहेका छौँ, तपाईँहरू किन उत्तेजित हुनुपरेको रु’

उनले पुस्तान्तरणको कुरा पनि दन्दवादी हिसाबले हुने भन्दै साम्राज्यवादीहरूले भनेजस्ता दुई पुस्ताबीचको लडाइँ नभएको बताए ।

सहसंयोजक माधवकुमार नेपालले असारभित्र एकताका सबै काम सक्ने गरी अगाडि बढ्न आग्रह गरे । ‘गफ गरेर, हल्ला गरेर हुँदैन’, उनले भने, ‘थुप्रै पार्टीहरू जोड्दा केही न केही असन्तुष्टि हुनु स्वाभाविक हो, तर नमिल्ने गरी केही कुरा भएका छैनन् ।’ उनले कम्युनिष्ट पार्टीलाई नयाँ उचाइबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार