पत्नीलाई जन्मदिनको अवसरमा २५ लाखको जीवन बीमा उपहार

0 Shares

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर कृष्ण कुमार श्रेष्ठले पत्नीकाे जन्मदिनको अवसरमा २५ लाख बराबरको जीवन बीमा पाेलिसि उपहार दिएका छन्। उनले आफ्नी पत्नी पुष्पा श्रेष्ठलाई यस्ताे उपहार दिएका हुन् ।

जीवनसाथी प्रतिको माया, जिम्मेवारी र भविष्यको सुरक्षालाई प्राथमिकता दिँदै सिनियर एजेन्सी म्यानेजर श्रेष्ठले यस्ताे उपहार दिएकाे बताए । यो उपहारले परिवारको आर्थिक सुरक्षा र सुरक्षित भविष्यप्रतिको सकारात्मक सोचलाई प्रस्तुत गरेको छ।

जीवन बीमा केवल आर्थिक योजना मात्र नभई परिवारप्रतिको माया, जिम्मेवारी र भरोसाको प्रतीक भएको भन्दै उनले जीवनको हरेक यात्रामा सुरक्षा महत्वपूर्ण हुने सन्देश दिए।

सम्बन्धित समाचार