रास्वपा सहमहामन्त्रीमा डाँगी, ढकाल र शाह निर्वाचित

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट उनीहरू सहमहामन्त्री पदमा चुनिएका हुन् ।

जसमा महिलातर्फ डाँगी, सहमहामन्त्री खुलातर्फ शाह र ढकाल निर्वाचित भएका हुन् । शाहले ४७१ मत पाउँदा ढकालले ४१० मत पाएका छन् ।

त्यस्तै, महिला सहमहामन्त्रीमा डाँगीले ७३७ मत पाएकी छन् ।

सम्बन्धित समाचार