0
Shares
काठमाडौं । प्रतिनिधिसभाको आगामी बैठक असार १४ गते आइतबार ११ बजे बस्ने भएको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आज सूचना जारी गरेर बैठक स्थगन भएको जानकारी दिए ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली २०८३ को नियम ६ को ३ बमोजिम बैठकको मिति सारेका हुन् । यसअघि संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक असार १३ गते शनिबारका लागि सरेको थियो ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोकेको बैठक पुनः सरेको जानकारी दिए ।
चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आंकलन गरिएको छ ।