पूर्वअर्थमन्त्री पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

0 Shares

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको हो ।

उनी गत ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । उनले पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

पौडेलले भट्टलाई श्रीराम टोवाको प्रालिको सेयर खरिदमा सहजीकरण गरेको विभागको दाबी छ । गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सम्बन्धित समाचार