सुनचाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुन चाँदी दुवैको मूल्यमा पहिरो गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० रुपैयाँले गिरावट आएको हो । योसँगै आज सुनको मूल्य तोलामा दुई लाख ७८ हजार ३०० रुपैयाँ कामय भएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २५० रुपैयाँले गिरावट आएको छ । चाँदीको मूल्यमा भारी गिरावट आएसँगै आज तोलामा चार हजार २३५ रुपैयाँले कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुनको मूल्य तोलामा दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो । चाँदी तोलामा चार हजार ४८५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार