जेनजी आन्दोलनमा ध्वस्त भएको बौद्धस्थित भाटभटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा

0 Shares

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ध्वस्त भएको बौद्धस्थित भाटभटेनी सुपर स्टोर आजदेखि पुनःसञ्चालनमा आएको छ।

भाटभटेनी सुपर मार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलकाका अनुसार स्टोरको सम्पूर्ण पुनःनिर्माण पूरा गरी आधुनिक सुविधा तथा पहिलाजस्तै गुणस्तरीय सेवा अब बौद्धको भाटभटेनीमा उपलब्ध छ।

‘आजदेखि बौद्धको भाटभटेनीले दैनिक रुपमा नियमित सेवा प्रदान गर्न थालेको छ। गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता यथावत छ’, उनले बताए।

सम्पूर्ण भौतिक संरचना ध्वस्त पारिएको बौद्ध भाटभटेनी पुनः सञ्चालनमा ल्याउन ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर सहयोग र विश्वासप्रति भाटभटेनीले आभार व्यक्त गरेको छ।

 

सम्बन्धित समाचार