0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा बन्दसत्र सकिएको छ । ढिलो गरी दिउँसो साढे तीन बजे सुरु भएको बन्दसत्र साँझपख समापन भएको हो ।
बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रतिवेदन हलले पारित भएको छ ।
यस्तै महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गरे । बन्दसत्रमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पनि उपस्थित थिए ।
बन्दसत्र सकिएपश्चात् उनले सभापति रवि लामिछानेलाई अंकमाल गरेर रमाइलो माहोल बनाएका थिए ।