0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशन प्रतिनिधि ४२ सय नाघेको छ । महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गणेश पराजुलीले करिब २८ सयबाट बढेर ४२ सय हुँदा प्राविधिक त्रुटिको कारण हिजो बन्दसत्र सुरू हुन सकेको थिएन ।
अहिले हलबाट महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको बताउँदै आज १ बजेदेखि बन्दसत्रको तयारी गरेको छ । १ बजे बन्द सत्र सुरू हुँदा करिब ४ घण्टाभित्र सक्ने र मनोनयन प्रक्रिया सुरू हुने पराजुलीले जानकारी दिए ।
‘आजै मनोनयन दर्ता हुनेछ र त्यसपछि निर्वाचन सम्भवतः भोलि बिहानबाट सुरु हुनेछ,’ उनले भने, ‘भोलि सबै टुंग्याउनेगरी अगाडि बढेका छौँ ।’