मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद

0 Shares

काठमाडौँ । पर्सा स्थित वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले असार ८ गते साँझ करिब ७ बजे राजस्व छलीको आशङ्कामा बा।प्र। ०३-००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको थियो ।

ट्रकको जाँचका क्रममा ट्रामाडोल १ लाख २० हजार ६२० क्याप्सुल फेला पारी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार