बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौँ । सोमबार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५१५ रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन अर्थात् असार ७ गते सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि केही बढोत्तरी भएको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रूपमा स्थानीय बजार मूल्य निर्धारण गर्दै आएको छ।

सम्बन्धित समाचार