0
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु भएको छ । महाधिवेशनको प्रमुख आकर्षण सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह रहेका छन् ।
उनीहरुको झल्को दिनेगरी महाधिवेशनस्थलमा रवि र बालेनको डमी समेत देखिएका छन् । बालेनको डमी बनेका विष्णु घिमिरे हुन् । उनले आफू रुपन्देहीबाट आएको बताए । रविको डमी भएका व्यक्तिले भने आफ्नो परिचय खुलाउन चाहेनन् ।