काठमाडौं । जारी फिफा विश्वकप २०२६ अन्तर्गतको आफ्नो दोस्रो खेलमा ब्राजिलले हाइटीविरुद्ध ३-० गोलको जित हात पारेको छ । हाइटीले कुनै पनि गोल गर्न सकेन ।
ब्राजिलका म्याथेस कुन्हाले खेलको २३ औँ मिनेटमा पहिलो गोल गर्दै खेलमा अग्रता बनाएका थिए । दोस्रो गोल पनि म्याथेस कुन्हाले ३६ औँ मिनेटमा गरे ।
जितसँगै समूह ‘सि’मा रहेको ब्राजिलले दुई खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान चार अंक नै जोडेको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । दुई खेलमा तीन अंक जोडेको स्कटल्यान्ड तेस्रो र जितविहीन हाइटी चौथो स्थानमा छ ।
यससँगै लगातार दोस्रो हार बेहोरेको हाइटीको भने नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । अब समूह ‘सी’मा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीसँग खेल्न बाँकी रहेको छ ।

पाँच पल्टको विश्व च्याम्पियन ब्राजिल यसअघिको खेलमा मोरोक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
