बैंकिङ कसुरमा दिपक र सुलभलाई थुनामा राख्न आदेश

0 Shares

 

काठमाडौं । उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा उनीहरूविरुद्ध अन्तिम आदेश जारी गर्दै थुनामा पठाउने आदेश दिएको हो ।

यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा दुवै जनालाई थुनामा पठाउने आदेश दिएको थियो । उनीहरू हाल डिल्लिबजारस्थित कारागारमा छन् ।

उच्च अदालतमा विचाराधीन रहेको बैंकिङ कसुरको मुद्दामा शुक्रबार आदेश भएको हो । प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार