0
Shares
काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका जीवजन्तुमा बर्डफ्लु भेटिएको पुष्टि भएको छ ।
बर्डफ्लु पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिडियाखानाले सूचना जारी गर्दै आजदेखि अनिश्चित कालसम्म बन्द गरेको जानकारी दिएको छ ।
चिडियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकको सुरक्षा सुनिश्चित गर्न आजदेखि लागू हुने गरी चिडियाखाना बन्द गरिएको हो ।