सुनको मूल्य तोलामा साढे १० हजार रुपैयाँ घट्यो, आज कति पुग्यो?

0 Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा साढे १० हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी आज तोलामा ३०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६४० रुपैयाँमा कायम भएको छ ।

सम्बन्धित समाचार