0
Shares
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बोर्ड बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको थियो । यस पटक नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् । गत वैशाख १४ बाट २७ गतेसम्म सञ्चालन भएको परीक्षामा चार लाख १८ हजार १७० विद्यार्थी सहभागी थिए ।
जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आशिंक तर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ । सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समयावधि अगावै नतिजा सार्वजनिक गरेको हो ।