आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग

0 Shares

काठमाडौं । दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस,कम्प्युटर तथा स्क्रीन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामाग्रीहरु उपलब्ध गराइनेछ । आईएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट लोलांग काठमाडौं, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थीहरू लाभान्वित हुनेछन् । कम्पनीको यो सहयोगले उक्त विद्यालयहरुमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुको शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

समावेशी शिक्षा र समान अवसर समाज विकासको महत्वपुर्ण आधार भएको विश्वास गर्दै कम्पनीले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । दृष्टिविहीन विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउँदा उनीहरुको शैक्षिक उपलब्धि तथा आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
फेलोसिप सोसाइटी नेपालले सन् २००० देखि नै दृष्टिविहीन बालबालिकाको शिक्षा र अधिकारका क्षेत्रमा कार्य गर्दै आएको छ । संस्थाको अनुभव र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले समावेशी समाज निर्माणमा महत्वपुर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

“Ensuring Future“ को मुल मन्त्रलाई आत्मसात गर्दै आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार