कांग्रेस सांसद राईले भने- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले भारतमा चिया निर्यातमा देखिएको समस्याका कारण इलामको चिया उद्योग बन्द हुने अवस्थामा आएको भन्दै चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरे ।

भारतीय चिया बोर्डले नयाँ मापदण्ड लागू गरेको र नेपाली चियाको गुणस्तरको रिपोर्ट नआएसम्म चिया बेच्न नपाइने व्यवस्थाले चिया किसानहरूले उद्योगमा ताला झुन्डाउनुपर्ने अवस्था आएको उनले बताए । उनले प्रधानमन्त्रीलाई चिया पसलमा गएर चिया पिउन फुर्सद भए पनि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न फुर्सत नभएको उल्लेख गरे ।

उनले चिया निर्यात खुलाउन जी टु जी पहल गर्न र दीर्घकालीन समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार