सुनचाँदीको मूल्यमा गिरावट, आज कति पुग्यो?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक हजार २०० र चाँदीमा तोलाको १० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ९७ हजार ३०० कायम भएको छ । त्यति नै परिमाणको चाँदी मूल्य चार हजार ९८० कायम भएको छ ।

मंगलबार एक तोला सुनको मूल्य तोलमा दुई लाख ९८ हजार ५०० र चाँदीको मूल्य चार हजार ९९० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको चाँदी ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार