बुधबार सुनको भाउ सामान्य घट्यो

0 Shares

काठमाडौँ । बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ । मंगलबार ९०० रुपैयाँले घटेको सुनको भाउ बुधबार १०० रुपैयाँले घटेको हो ।

बुधबार छापावाला सुनको भाउ १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ४१२ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ६८ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार