सर्त पूरा नभएसम्म सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी

0 Shares

काठमाडौं । अन्तरिम सम्झौता कार्यान्वयन नभएसम्म अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिँदै इरानी विदेश मन्त्री अब्बास अराघचीले पूर्व निर्धारित प्रावधान पूरा नभएनसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् ।

इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी)सँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौतापछि अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइने, र दायित्व पूरा भएपछि मात्र स्थिति सहज हुने बताए ।

समझदारी तथा ज्ञापन पत्रका प्रावधानहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नहुने इरानी विदेश मन्त्रीलाई उद्धृत गर्दै आइआरआइबीले जनाएको छ ।

अराघचीले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदभित्र सामूहिक रुपमा निणय गरिने र सम्झौता स्वीकृत भएमा हस्ताक्षर गरिने बताए । उनले अमेरिकी अधिकारीहरूले सम्झौताको पूर्ण पालना गर्न नसक्ने आरोप लगाउँदै इरानले कार्यान्वयन चुनौतीहरूको अपेक्षा गरेको पनि चेतावनी दिए ।

यस्ता प्रतिबद्धताहरु तोड्नु अमेरिकी राजनीतिज्ञको स्वभाव भएको बताउँदै उनले सम्झौता कार्यान्वयन नगरी अवरोध सिर्जना गरे अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताए ।

आफ्नो सुरक्षाको ग्यारेन्टीका लागि सुरक्षा परिषद्, संयुक्त राष्ट्र सङ्घ वा अन्तर क्षेत्रीय गठबन्धनमा भर नपरी भगवान, जनता र आफ्नै सशस्त्र सेनाको समन्वयमा अगाडी बढ्ने उनले बताए ।

सम्बन्धित समाचार