0
Shares
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय गाडी (ईभी)मा सूचना चुहावट गरेको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । आज संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूमाथि लागेको आरोप निराधार भएको बताएका हुन् ।
नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको भन्दै उनले आफ्नो बदनाम गर्ने प्रयास गरेको दाबी गरे ।
उनले भने, ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु, यो नैतिकता अन्य कोही संसद् वा राजनीति गर्नेहरूमा छ ?’