बीवाईडी गाडीको भन्सार पासमा भ्रष्टाचार भएको दाबी गर्दै छानबिन समितिको माग

0 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले छुट्टै छानबिन समिति बनाएर बीवाईडी गाडी भन्सार पासबारे छानबिन गर्न माग गरेको छ । उनीहरूले आगामी वर्षको बजेट भाषणअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करको दर चुवाट गरी ठूलो भ्रष्टाचार गरेको दाबी गर्दै आएको छ ।

उक्त छानबिन समिति संसदीय छानबिन समिति वा प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिअन्तर्गत उपसमिति गठन गर्न सकिने उनीहरूको राय छ ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले यस्तो बताएकी हुन् । यस्तै, श्रम संस्कृति पार्टीका आरेन राइले पनि छुट्टै छानबिन समिति आवश्यक भएको बताए ।

‘छानबिन समिति मन्त्रालयअन्तर्गत भन्दा पनि सार्वजनिक लेखा समितिमा उपसमिति बनाएर हुन्छ कि के हुन्छ छानबिन गरौँ, खास कुरा के हो? त्यो निकाल्नुपर्‍यो, अर्ब भ्रष्टाचार भएको भनिएको छ, यदि यो भ्रम हो भने भ्रम भनेर प्रमाणित गर्नुपर्‍यो, सत्य हो भने यो यो कारणले सही प्रमाणित भयो भन्नुपर्छ,’ उनले भने ।

सम्बन्धित समाचार