प्रभु बैंकको साढे ३ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0 Shares

काठमाडौँ । प्रभु बैंकले ३ लाख ६८ हजार ८४ कित्ताकित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको सेयरमा आम सर्वसाधारणले आवेदन दिन नपाउने भएका छन् । बैंकले उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता संस्थापक सेयरधनीहरुलाई दिएको छ ।

संस्थापक सेयर खरिदको लागि सेयरधनीले आजदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा आवेदन दिनु पर्ने छ । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने उक्त सेयर अन्य व्यक्ति संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार