काठमाडौं । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले सरकारले खानेपानी संस्थालाई २५ प्रतिशत आयकर छुट दिएकोमा धन्यवाद दिएका छन् ।
सरकारले आर्थिक वर्ष २०८३/२०८४ सालको बजेटमार्फत कर छुट दिएपछि अध्यक्ष ओलीले सामाजिक सन्जालबाट धन्यवाद दिएका हुन् । अध्यक्ष ओलीले राष्ट्रिय सभाबाट पारित भएको संकल्प प्रस्तावलाई कार्यान्वयन गर्दै खानेपानी संस्थाहरूलाई २५% आयकर छुट प्रदान गर्ने निर्णयले आमउपभोक्तालाई राहत पुगेको बताएका छन् ।
विशेषगरी कर छुट गराउन रास्वपाका सांसद सुसान्त बैदिकले भुमिका खेलेको उनले बताएका छन् । अध्यक्ष ओलीसहित पदाधिकारीले कर छुटका विषयमा अर्थ मन्त्री स्वर्णिम वाग्लेलाई समेत भेटेर ध्यानाकर्षण गराएका थिए । खानेपानी महासंघले लामो समयदेखि कर दिनुपर्ने भन्दै राज्यका नीति निर्माणतहका निकायलाई दबाब दिएको थियो । यस निर्णयले देशैभरका लाखौ उपभोक्ता लाभान्वित हुने भएका छन् ।