सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १३ सयले घट्दा चाँदी ९० रुपैयाँले सस्तियो

0 Shares

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेकोछ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले र चाँदी तोलामा ९० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५२९.१४अमेरिकी डलर र चाँदी ७६.५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार