काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई थप सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ।
जेठ १ गतेदेखि असार ३२ गते २०८३ सम्म सञ्चालन हुने यस अभियानअन्तर्गत इसेवाको मोबाइल एप वा वेबसाइटमार्फत कुनै पनि जीवन बीमा कम्पनीको प्रिमियम भुक्तानी वा पोलिसी नवीकरण गर्ने ग्राहकले आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।
योजनाअनुसार एक जना भाग्यशाली ग्राहकले ४३ इन्चको स्मार्ट टिभी बम्पर उपहारस्वरूप प्राप्त गर्नेछन्। त्यस्तै, तीन जना विजेताले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। अभियान अवधिभर हरेक साता एक जना प्रयोगकर्तालाई २ हजार ५ सय रुपैयाँ नगद प्रदान गरिने कम्पनीले जनाएको छ। इसेवाले विभिन्न जीवन बीमा कम्पनीहरूसँगको सहकार्यमा ग्राहकलाई आकर्षक क्यासब्याक सुविधा समेत उपलब्ध गराउने जनाएको छ।
कम्पनीका अनुसार अनलाइन बीमा नवीकरण सेवामार्फत ग्राहकले कार्यालय धाउनुपर्ने झन्झटबिना घरबाटै छिटो, सुरक्षित र भरपर्दो रूपमा जीवन बीमा नवीकरण तथा प्रिमियम भुक्तानी गर्न सक्नेछन्। यस अभियानले जीवन बीमाप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै डिजिटल भुक्तानीको प्रयोगलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।