सभापति देउवाले बोलाए विपक्षी दलको बैठक, दिए यस्तो जानकारी

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

आइतबार बिहान बस्ने प्रतिनिधिसभा बैठकअघि सभापति देउवाले विपक्षी दलहरूको बैठक आह्वान गरेका हुन् ।

संसद बैठकमा विपक्षी दलहरू साझा रुपमा प्रस्तुत हुने विषयमा बैठकमा छलफल हुने साथै शनिबार सरकारसँग सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्नेबारे अन्य विपक्षी दलहरुलाई जानकारी दिन बैठक बोलाइएको बताइएको छ ।

आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भनिएको थियो । बैठकअघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन् ।

सम्बन्धित समाचार