प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् हेरफेर, आफैँसँग राखे शक्तिशाली मन्त्रालयहरू

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । हेरफेरमा प्रधानमन्त्री बालेन्द्र शाहले तीन मन्त्रालय आफैँसँगै राखेका छन् ।

प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । नयाँ कार्य विभाजनअनुसार, प्रधानमन्त्री शाहले तीन वटा मन्त्रालय आफूसँग राखेका छन् ।

प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राखेका हुन् । यसअघि सुदन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहेको थियो ।

सम्बन्धित समाचार