0
Shares
काठमाडौं । सोमबार बिहान ७ बजे इस्तानबुलबाट काठमाडौँ आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो लागेको हो । विमानस्थल स्रोतका अनुसार विमान रनवेमा चिप्लिएको थियो । दमकल प्रयोग गरेर आगो निभाइएको छ ।
विमानमा सबै यात्रु सकुशल रहेको जनाइएको छ । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । बिमानस्थल बन्द गरिए पनि केही बेरमा सञ्चालनमा आउने बताएको छ ।