0
Shares
काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको भाउ उल्लेख्य रूपमा बढेको छ। मंगलबारको तुलनामा सुन तोलामा ५ हजार ८०० रुपैयाँले महँगिएको छ भने चाँदीको मूल्य पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य प्रतितोला ५ हजार ५५ रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन मंगलबार छापावाल सुन २ लाख ९१ हजार रुपैयाँ र चाँदी ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य बढ्दो क्रममा रहेको छ। पछिल्लो विवरणअनुसार सुन प्रतिऔँस ४ हजार ६३० अमेरिकी डलर र चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।