0
Shares
काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा १ हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९६ हजार १०० रुपैयाँ थियो, आज आइतबार २ लाख ९५ हजार १०० रुपैयाँमा झरेको छ ।
चाँदीको मूल्य तोलाको ६५ रूपैयाँले बढेर ५ हजार १० रुपैयाँ कायम भएको छ ।