रोल्पा दुर्घटनाबारे बालेन मौन, बर्षमानको फोन उठेन

0 Shares

काठमाडौं । रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जनाको ज्यान गएको तीन दिनपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शोक वक्तव्य निकालेको छ ।

बिहीबार उक्त दुर्घटना रोल्पा जिल्ला, थवाङ–१ को भिरालो क्षेत्रमा भएको हो। लु १ ज ४१६७ नम्बरको जीप करिब ७००–८०० मिटर गहिरो भीरमा खस्दा ठूलो मानवीय क्षति भएको थियो । घटनाको तीन दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले शनिबार शोक वक्तव्य सार्वजनिक गरेका छन् । उक्त भयानक दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति विभिन्न तहबाट शोक व्यक्त भइरहेका बेला सत्तामै रहेका शीर्ष राजनीतिक नेतृत्वको मौनतामाथि प्रश्न उठ्न थालेको छ।

प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घटनाबारे शोकका दुई शब्द पनि नखर्चिएको भन्दै भन्दै आलोचना भइरहेको छ। त्यस्तै, सरकारका प्रवक्ता सस्मित पोखरेल पनि मौनता साँधेर बसेका छन् ।

यसैबीच, शल्यक्रियापछि स्वास्थ्य लाभ लिइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने घटनालगत्तै दुःख व्यक्त गर्दै संक्षिप्त श्रद्धाञ्जली सन्देश सार्वजनिक गरे । उता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो चुनाव क्षेत्ररजिल्लाका सर्वसाधारण परेको उक्त घटनामा शोक सन्देश निकाले । घटनापछि उद्धार कार्यमा सुरक्षाकर्मी र स्थानीयबासी सक्रिय भए पनि दुर्गम भौगोलिक अवस्था जटिल हुँदा चुनौतीपूर्ण बनेको थियो। करिब ५ सय मिटर तल भीरमा खसेको जीपबाट शव निकाल्न सुरक्षाकर्मीले ठूलै मिहिनेत गर्नुपरेको थियो ।

दुर्घटनालगत्तै स्थानीय जनप्रतिनिधिहरूले उद्धारका लागि संघीय सरकार र नेपाली सेनासँग हेलिकोप्टर माग गरे पनि उपलब्ध नगराएको खुलेको छ । बालेनको सचिवालयसँग सम्पर्क गर्न खोज्दा पटक(पटक फोन काटिएको आरोपसमेत स्थानीय जनप्रतिनिधिले लगाएका छन्। नेकपा नेता एवम् पूर्व मन्त्री वर्षमान पुनको फोन समेत बालेन र उनको सचिवालयले नउठाएको प्रक्रिया दिएका थिए । आफूले बालेन र सचिवालयसँग पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्भव नभएको उनले बताए । भौगोलिक रुपमा विकट भएकाले सेनाको हेलिकप्टर ल्याउन वर्षमानले फोन गर्न खोज्दा काट्ने गरेको उनले बताए ।

यस घटनाले दुर्गम क्षेत्रका नागरिकप्रति राज्यको असंवेदनशीलता र पहुँचको विषयमा तिखो टिप्पणी भइरहेको छ

सम्बन्धित समाचार