0
Shares
काठमाडौं । साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ बढेको हो ।
महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँ तोकेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँ पुगेको छ ।
गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।