कम्पनी रजिष्ट्रारको कार्यालयमा एआईमा आधारित कल सेन्टर सञ्चालनमा

0 Shares

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा एआईमा आधारित कल सेन्टर सञ्चालनमा आएको छ।

उक्त सेन्टर सञ्चालनमा आएसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको कार्यालयले प्रदान गर्ने सेवा तथा कार्यालयबारे जानकारी लिन सकिनेछ।

यो सेवा चौबीसै घण्टा उपलब्ध हुने र यसले कम्पनी प्रशासन, कार्यालयले प्रदान गर्ने सेवा र यसको प्रक्रिया, कागजातलगायत कार्यालयका कर्मचारीको एक्सटेन्सन नम्बरसहित सबै विषयमा जानकारी पाइने कार्यालयले जनाएको छ।

यसका लागि ९७००००४४१४ नम्बरमा कल गरी जिज्ञासा राख्न र समाधान लिन सकिने जनाइएको छ। कम्पनी दर्ता तथा त्यसपछिका क्रियाकलापमा यसले सहयोग गर्ने कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार