सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । नेपाली बजार बुधबार सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ८०० रुपैयाँले र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७५४.०५ अमेरिकी डलर र चाँदी ७७.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार