घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आइतबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज चाँदी प्रतितोला पाँच हजार १९० रुपैयाँ खरिद बिक्री भइरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

 

सम्बन्धित समाचार